यस बर्षकाे लैंङ्गिक समानता पत्रकारिता पुरस्कारबाट तीनजना पत्रकारलाई पुरस्कृत गरिने

मिति : २०७६/४/९

 

नेपाल पत्रकार महासंघ र मदरल्याण्ड नेपालको सहकार्यमा प्रदान गर्दै आएको लैंङ्गिक समानता पत्रकारिता पुरस्कारबाट यस बर्ष तीनजना पत्रकारलाई पुरस्कृत गरिने भएको छ । 
पुरस्कृत हुने पत्रकारहरुमा सुजित कुमार झा, जनकपुर (एभिन्यूज टिभी), तिलसरा विक, हुम्ला (कर्णाली एफएम) र भवानी भट्ट महेन्द्रनगर (कान्तिपुर दैनिक) रहनुभएको छ ।
लैङ्गिक समानता हासिल गर्न समाजलाई अभिप्रेरणा गर्ने, समतामूलक समाज निर्माणमा भूमिका खेल्दै पैरवीयुक्त, खोजमुलक र प्रभावशाली समाचार/आलेख प्रकाशन/प्रसारण गरी पत्रकारिता गर्ने मध्येबाट उहाँहरु तीन जना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो ।  
निकट भविष्यमा महासंघले आयोजना गर्ने कार्यक्रमका बीच पुरस्कृत पत्रकारलाई ४० हजार नगद तथा सम्मान–पत्र प्रदान गरिने छ ।


दिलिप थापामगर 
पुरस्कार छनौट समिति संयोजक तथा उपाध्यक्ष 

 डाउनलोड गर्नुहोस्