पत्रकारलाई ज्यान मार्ने धम्की

मिति : २०७६।०५।२६
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सभासद् तथा आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाललाई गोरखाका वेदप्रसाद काप्रीले ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ गम्भीर ध्यानाकर्षण भएको छ । भाद्र २५ गते काठमाडौंको गैरीधारामा हिँडिरहेको अवस्थामा सम्पादक रिजाललाई बाटो छेकेर ‘कुनै न कुनै रुपमा ज्यान लिने’ भनी निज काप्रीले धम्क्याएका थिए ।

कुनै पनि बहानामा पत्रकारलाई ज्यान मार्ने धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी काम हो । महासंघ प्रेस स्वतन्त्रता विरोधी यस्ता धम्कीको कडा शब्दमा निन्दा र भर्त्सना गर्दै धम्की दिनेलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर बन्न सम्बन्धित निकायसँग माग गर्दछ ।

..................
रमेश विष्ट
महासचिव

 डाउनलोड गर्नुहोस्