आक्रमण र लुटपाटको घटनाको भर्त्सना

मितिः २०७६।०६।१२
नेपाल पत्रकार महासंघ बाँके शाखाका संस्थापक अध्यक्ष लियाकत अलीमाथि अज्ञात समुहले आक्रमण गरी घाइते बनाएको तथा लुटपाट गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानआर्कषण भएको छ ।

महासंघ बाँके शाखाका अनुसार असोज १० गते साँझ घर जाने क्रममा बाटोमा संस्थापक अध्यक्ष अलीमाथि अज्ञात समुहले पछाडिबाट आक्रमण गर्नुका साथै उहाँको साथमा रहेको मोवाईल समेत लुटपाट गरेका थिए ।

महासंघ संस्थापक अध्यक्ष अलीमाथि भएको आक्रमण र लुटपाटको घटनाको कडा शब्दमा भर्त्सना गर्दछ । र, घटनामा संलग्नहरुको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।

.....................
प्रकाश थापा
सचिव

 डाउनलोड गर्नुहोस्