हाम्रा कुरा डटकमका सम्पादक अजयबावु सिवाकोटीलाई समाचारकै विषयमा धम्की दिइएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मिति :२०७६/६/१७

कुनै पनि समाचारप्रति गुनासो रहेमा वा चित्त नबुझेमा त्यसउपर उजुर गर्ने र न्यायिक प्रक्रियामार्फत त्यसलाई सम्बोधन गर्ने कानुनी मार्ग रहँदा रहदै त्यसलाई बेवास्ता गरी समाचारकै विषयमा पत्रकारलाई धम्क्याउनु र चुनौती दिनु गम्भीर आपत्तिको विषय हो ।
हाम्रा कुरा डटकमका सम्पादक एवम् नेपाल पत्रकार महासंघका सदस्य अजयबावु सिवाकोटीलाई समाचारकै विषयमा पटकपटक धम्की दिइएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । कुनै पनि समूहबाट व्यवसायिक पत्रकारलाई धम्की दिइनु प्रेस स्वतन्त्रता विरुद्धको कार्य रहेको महासंघको ठहर छ । महासंघ यस्ता अवाञ्छित क्रियाकलापमा संलग्न  व्यक्ति वा समुहउपर छानविन र कानुनी कारबाहीका लागि राज्यसंग जोडदार माग गर्दछ । 
प्रेस स्वतन्त्रताको पूर्णरुपमा सम्मान गर्दै स्वतन्त्र पत्रकारिताको अभ्यासको वातावरण सुनिश्चित गर्न सबै पक्षसंग महासंघ आह्वान गर्दछ । पत्रकार सिवाकोटीको सुरक्षामा गम्भीर बन्न महासंघ सरकार र सुरक्षा निकायको  ध्यानाकर्षणसमेत गराउँदछ ।
कृष्णबहादुर महरा प्रकरणको विषयमा समाचार ब्रेक गरेका सिवाकोटीको सुरक्षामा आँच आउनु भनेको खोजी पत्रकारिताको प्रवद्र्धनमा आघात पु¥याउने कार्य हो भन्ने विषयमा महासंघ प्रष्ट छ । अतः यस विषयमा समयमै गम्भीर हुन महासंघ सम्बन्धीत पक्षको ध्यानाकर्षण गर्दछ ।  पत्रकार सिवाकोटीलाई दिईको धम्कीप्रति खेद व्यक्त गर्दै आइन्दा यस्ता गतिविधि तत्काल रोक्न महासंघ सचेत गर्दछ । 
त्यसैगरी रेडियो नेपालमा कार्यरत पत्रकार मुकुन्द भण्डारीलाई बिहीवार अपरिचित समूहले काठमाडौंको नयाँ बानेश्वरमा दिएको धम्कीप्रति पनि महासंघ गम्भीर आपत्ति प्रकट गर्दछ । पत्रकारको सुरक्षामा गम्भीर भई अभिभावकीय भूमिका प्रदर्शन गर्न महासंघ राज्यसंग जोडदार माग समेत गर्दछ ।


प्रकाश थापा
 सचिव

 डाउनलोड गर्नुहोस्