महासंघ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराकाे उपचारका लागि सहयाेग गर्न महासंघकाे हार्दिक अपिल

मिति : २०७६।०६।२८

नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहरा मस्तिष्क घातका कारण गम्भीर विरामी भई काठमाडौंको बाँसवारीस्थित न्यूरो अस्पतालको आइसिसियू कक्षमा उपचाररत हुनुहुन्छ । बोल्न र हिडडुल गर्न नसक्ने अवस्था रहेपछि बेहोस अवस्थामै अध्यक्ष बोहरालाई उपचारका लागि काठमाडौं ल्याइएको हो । दुर्गम जिल्लाबाट पत्रकारिता गरिरहेका अध्यक्ष बोहराको पारिवारिक आर्थिक अवस्था कमजोर हुँदा उपचारका लागि आर्थिक समस्या परेको छ । उहाँको उपचारमा सहयोगी हातहरूको खाँचो रहेको छ । अतः अध्यक्ष बोहराको उपचारमा आर्थिक सहयोग गर्न इच्छुक सह्दयी मित्रहरुलाई उहाँका दाजु विष्णु बोहराको नाममा राबा बैंक सिमकोट शाखामा रहेको बचत हिसाब ४१९०००४९२७१० मा सहयोग रकम जम्मा गरिदिनुहुन नेपाल पत्रकार महासंघ केन्द्रीय समिति हार्दिक अपिल गर्दछ ।

रमेश विष्ट

महासचिव

 डाउनलोड गर्नुहोस्