पत्रकारलाई अपशब्द प्रयोग गर्दै सार्वजनिकरूपमा गालीबेइजती गरेकोमा महासंघकाे विराेध

मिति :२०७६।०७।०३

नेपाल पत्रकार महासंघ अछाम शाखाका सहसचिव तथा कान्तिपुर दैनिककी सम्वाददाता मेनका ढुंगानालाई समाचारको विषयलाई लिएर बम धामी भन्ने व्यक्तिले अपशब्द प्रयोग गर्दै सार्वजनिकरूपमा गालीबेइजती गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । स्थानीय दुई विद्यालयको भवन निर्माणका लागि चौरपाटी गाउपालिकाले खोलेको टेण्डरका कागजात च्यातिएको विषयमा कान्तिपुर दैनिकमा समाचार प्रकाशित भएपछि कागजात च्यात्ने निज धामीले पत्रकार ढुंगानालाई सामाजिक सञ्जालमार्फत अपशब्द प्रयोग गर्दै गालीबेइजती गरेका थिए । प्रकाशित समाचारप्रति चित्त नुबुझे या गुनासो रहे कानुनी उपचारका अन्य विकल्प हुँदाहुँदै पत्रकारलाई सामाजिक सञ्जालमार्फत अपशब्द प्रयोग गर्दै गालीबेइजती गर्नु आफैमा निन्दनीय काम हुनुका साथै व्यक्तिको सामाजिक प्रतिष्ठामा समेत आघात पुग्ने महासंघ ठान्दछ । महासंघ घटनाको निन्दा गर्दै घटनामा संलग्न व्यक्तिमाथि आवश्यक कानुनी कारबाही गर्न र यस्ता कार्य नदोरिनेतर्फ ध्यान दिन सम्बन्धित निकायसँग माग गर्दछ ।

 

रमेश विष्ट

महासचिव

.................

 डाउनलोड गर्नुहोस्