दिनेश एफएममा भएको आक्रमणसहित प्रेस स्वतन्त्रता हनन्का घटनाको अध्ययन गर्न नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले गठन गरेको स्थलगत अध्ययन टोलीको प्रतिवेदन –२०७७

मिति : २०७७।०६।१९

 

पछिल्लो पटक कैलालीमा दिनेश एफएममा भएको आक्रमण तथा श्रृंखलावद्ध रूपमा भइरहेको प्रेस स्वतन्त्रता हनन्का घटना सन्दर्भमा नेपाल पत्रकार महासंघले स्थलगत अध्ययनका लागि पठाएको अध्ययन टोलीले स्थलगत अध्ययनपश्चात सो घटनाका सम्बन्धमा तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

 

टोलीले घटनाका सम्बन्धमा स्थलगत रूपमा पीडित पक्ष, स्थानीय प्रशासन, प्रहरी, सरोकारवाला, पत्रकार लगायत घटनासँग जोडिएका सबै पक्षसँग छलफल तथा अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।
महासंघका महासचिव रमेश विष्टको नेतृत्वमा सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्यहरु मिन बम, उत्तर विष्ट, श्याम भट्टसहित सुदूरपश्चिम प्रदेश अध्यक्ष अर्जुन शाह र कैलाली शाखा अध्यक्ष जगत साउद रहनु भएको उक्त टोलीले तयार पारेको प्रतिवेदन यसैसाथ संलग्न छ ।

रमेश विष्ट
महासचिव

 डाउनलोड गर्नुहोस्