पत्रकारमाथि दुर्व्यवहार र कुटपिट गर्नेलाई कारबाही गर्न माग
 
मितिः २०७७।१०।२४
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सदस्य शेरबहादुर थापालाई समाचार संकलनका क्रममा दुर्व्यवहार गर्दै कुटपिट गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
समाचार संकलनका क्रममा माघ २३ गते दैलेखको महावु गाउँपालिका पुगेकापत्रकार थापामाथि उक्त गाउँपालिकाका उपाध्यक्षका छोरा धु्रव बुढाले बिनाकारण दुर्व्यवहारगर्दै कुटपिट गरेका थिए ।
नागरिकलाई सुसूचित गर्ने दायित्व निर्वाह गरिरहेका पत्रकारमाथि कुनै पनि बहानामा दुर्व्यवहार र कुटपिट हुनु प्रेस स्वतन्त्रताविरोधी कार्य हो । महासंघ प्रेसको संवैधानिक स्वतन्त्रतामाथि आघात पु¥याउने यो कार्यको कडा शब्दमा भर्त्सना गर्दछ । घटनामा संलग्न बुढालाई कानुनबमोजिम कारबाही गर्न र पत्रकारलाई स्वतन्त्र, सुरक्षित र निर्वाध रूपमा काम गर्ने वातावरण निर्माण गरी सुरक्षाको प्रत्याभूति दिलाउन महासंघ स्थानीय प्रशासनसँग माग गर्दछ।
रमेश विष्ट
महासचिव

 डाउनलोड गर्नुहोस्