चैत्र २५ गते हुने तीनै तहको निर्वाचनलाई स्वस्थ्य, मर्यादित र व्यवस्थित बनाउन महासंघको आह्वान: निर्वाचनलाई सफल पार्न सबै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय

मिति : २०७७।१२।२१

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको आज सम्पन्न बैठकले यही चैत्र २५ गते हुने केन्द्र, प्रदेश र शाखा कार्यसमितिको निर्वाचनलाई स्वस्थ्य, मर्यादित र व्यवस्थित बनाउन महासंघका सबै शाखा, प्रदेश र केन्द्रका निकायसहित आम पत्रकार साथीहरूमा आह्वान गर्ने निर्णय गरेको छ । पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत एकै दिन हुन लागेको तीनै तहको निर्वाचनलाई सफल पार्न केन्द्रीय कार्यालयको तर्फबाट गर्नुपर्ने आवश्यक समन्वय, सहयोग र व्यवस्थापकीय कार्यका लागि सबै प्रदेशमा निम्नअनुसार केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाउने निर्णय गरिएको छ ।

प्रदेश नं १ - उपाध्यक्ष दिलीप थापा मगरको नेतृत्वमा केन्द्रीय सदस्य उद्धव तिमिल्सिना र सटेन्द्र जवेगु

प्रदेश नं २ - सचिव शितल महतोको नेतृत्वमा केन्द्रीय सदस्यहरु सुरेश यादव र शैलेन्द्र झा

वागमति प्रदेश- सचिव रामप्रसाद दाहालको नेतृत्वमा केन्द्रीय सदस्य टेकराज थामी र नकुल अर्याल

गण्डकी प्रदेश- कोषाध्यक्ष राजेश मिश्रको नेतृत्वमा केन्द्रीय सदस्य नवीन कुइकेल

लुम्विनी प्रदेश- सचिव प्रकाश थापाको नेतृत्वमा केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदी

कर्णाली प्रदेश- सचिव लक्ष्मी पुनको नेतृत्वमा केन्द्रीय सदस्य हरिहर शिंह राठौर र पूर्णप्रसाद चम्लागाई

सुदूरपश्चिम प्रदेश- सचिव रेम विश्वकर्माको नेतृत्वमा मिन वम र श्याम भट्ट

उपत्यका प्रदेश- उपाध्यक्ष दिलिप थापा मगरको नेतृत्वमा सदस्य छेटु शेर्पा र गोपाल वराइली

प्रतिष्ठान र एशोसिएट प्रदेश- प्रकाश थापाको नेतृत्वमा केन्द्रीय सदस्यहरु टिकाराम प्रधान, जानुका वराल र राजेश चाम्लिङ

 

प्रकाश थापा

सचिव

 डाउनलोड गर्नुहोस्