कार्यालयमा खानतलासी गर्दै धम्की दिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मितिः२०७८।०१।०३

प्रकाशित समाचारको विषयलाई लिएर नेपाल प्रहरीले नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य बविन शर्माको घर तथा कार्यालयमा खानतलासी गर्दै धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

समाचार दैनिक डटकममा प्रधानमन्त्रीकेपी शर्मा ओली र भारतीय रिसर्च एण्ड एनलाइसिस विड्स ‘रअ’ का प्रमुख सामन्त गोयलबीचचार बुँदे सहमति भएको भनी उज्यालो न्यूज नेटवर्कको समाचार साभार गरेको भन्दै प्रहरीलेआज बेलुकी केन्द्रीय सदस्य शर्माको घर खानतलासी गर्दै ‘विदेशी गुप्तचर निकायको दबाबले पक्राउ गर्नु पर्यो’ भन्दै परिवारलाई समेत धम्की दिएका थिए ।

समाचारमा चित्त नबुझेमा प्रेसकाउन्सिल नेपालमार्फत निरुपण खोज्नुपर्नेमा त्यसलाई बेवास्ता गर्दै प्रहरीबाट गरिएको खानतलास र धम्कीको घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सरकार निरन्तर अनुदार भएको पुष्टि गरेको छ । महासंघ प्रहरीको यो ज्यादतीको कडा शब्दमा भर्त्सना गर्दछ । र, नेपाल सरकार र नेपाल प्रहरीलाई आफ्नो व्यवहार तत्काल सुधार तथा पत्रकार संवैधानिक अधिकारको सम्मान गरी यस किसिमका घटना नदोहोर्‍याउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउ“दछ।

त्यस्तै सोही विषयमा प्रकाशित समाचारलाई लिएर आज दिउँसो उज्यालो नेटवर्क प्रा.लि.का सञ्चालक तथा प्रधानसम्पादक बुद्ध लोप्चन, कार्यकारी सम्पादक अनिश तामाङलगायतका सञ्चारकर्मीलाई प्रहरीले पक्राउ गर्ने उद्देश्यले खोजीनीति गरेको तथा कार्यालयमा गएर धरपकड तथा खोजतलास गरेपछि नेटवर्क कार्यालय बन्द भएको घटनाप्रति पनि नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ प्रेसमाथि गरिएको यो हस्तक्षेपको कडा शब्दमा भर्त्सना गर्दछ र यस किसिमका घटना नदोहोर्‍याउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउदछ ।

प्रकाश थापा

सचिव

 डाउनलोड गर्नुहोस्