पत्रकार उपेन्द्र खड्कालाई केन्द्रीय युनिफाइड अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र बस्नेतले धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०७८।११।२१

समाचारको विषयलाई लिएर उकेरा डटकममा कार्यरत पत्रकार उपेन्द्र खड्कालाई केन्द्रीय युनिफाइड अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र बस्नेतले धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

समाचार संकलनका क्रममा फागुन १९ गते बुधबार वीर अस्पताल पुगेका पत्रकार खड्कालाई आफ्नो बारेमा समाचार लेखेमा नछाड्ने भन्दै पहिला प्रकाशित समाचारलाई सामाजिक सञ्जालमा सेयर गरेको निहुँमा साइबर क्राइमको मुद्दासमेत लगाउने भनी धम्की दिएको महासंघको उपत्यका प्रदेश समितिले जनाएको छ ।

नागरिकलाई सुसूचित गर्ने दायित्व निर्वाहमा जुटेका पत्रकारलाई कुनै पनि पक्षबाट धम्क्याउनु निन्दनीय हुनुका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र प्रेस स्वतन्त्रताविरोधी यस्ता हर्कत नियन्त्रणमा गम्भीर हुन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्