स्वर्गीय पत्रकार बोहोराकी धर्मपत्नीको जीवन बचाउन अपिल

स्वर्गीय पत्रकार बोहोराकी धर्मपत्नीको जीवन बचाउन अपिल

२०७३।०८।१६
नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका पूर्वअध्यक्ष कर्ण बोहोराको २०७३ मंसिर १० गते भएको असामयिक निधनपछि दुवै मृगौला फेल भई विगत ७ महिनादेखि काठमाडौंमा उपचाररत उहाँकी धर्मपत्नी ममता बोहोराको उपचारमा आर्थिक सहयोग पुर्‍याउन नेपाल पत्रकार महासंघले ‘आर्थिक संकलन अभियान’ सञ्चालन गरिरहेको छ ।

सुदूरपश्चिमको पत्रकारिताका क्षेत्रमा एउटा उत्कृष्ट पहिचान बनाएका र नेपाली पत्रकारिता क्षेत्रमा स्थापित व्यक्तित्व पत्रकार बोहोराको निधनपछि राजधानीको भेनस अस्पतालमा उपचाररत उहाँकी धर्मपत्नी ममता बोहोराको उपचारमा गम्भीर आर्थिक समस्या परेकोले नेपाल पत्रकार महासंघले यो अभियान चलाएको हो ।

महासंघ यो अभियानमा साथ दिई स्वर्गीय पत्रकार बोहोराकी धर्मपत्नीको जीवन बचाउन आफ्ना सबै सदस्य र आमसञ्चारकर्मी तथा स्वदेश एवं विदेशमा रहेका अन्य सह्दयी महानुभावहरूमा आ–आफ्नो संस्था, शाखा मार्फत अथवा नेपाल पत्रकार महासंघको नाममा रहेको कमलादीस्थित नेपाल बंगलादेश बैंक लि. को ००१०३६३५२P खातामा सहयोग जम्मा गरिदिनुहुन अपिल गरिएको छ ।

................
सूर्यमणि गौतम
कोषाध्यक्ष