सार्वजनिक पद धारण गरेका उच्च पदस्थ व्यक्तिहरू सहभागी सार्वजनिक कार्यक्रमकाे समाचार संकलन गर्न निषेध गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०७९।०३।०९

हिमालयन रि इन्स्योरेन्स लि.ले मिति २०७९ असार ८ गते आयोजना गरेको ‘हिमालयन रि इन्स्योरेन्स रेन्डेभोस २०२२’ कार्यक्रममा प्रेसलाई निषेध गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

सार्वजनिक पद धारण गरेका उच्च पदस्थ व्यक्तिहरू सहभागी सार्वजनिक कार्यक्रममा समाचार संकलनका लागि पुगेका ५० भन्दा बढी पत्रकारलाई कार्यक्रम स्थलमा प्रवेश रोक लगाउनुका साथै कार्यक्रम स्थल प्रवेश गरिसकेका १० भन्दा बढी पत्रकारलाई आयोजक पक्षबाट बाहिर निकालिएको थियो ।

सार्वजनिक निकायका कुनै पनि विषयमा पत्रकारलाई समाचार संकलन र संप्रेषण गर्ने अधिकार संविधानले सुनिश्चित गरेको छ । यसलाई बेवास्ता गर्दै उच्च पदस्थ सहभागी कार्यक्रममा पत्रकारलाई समाचार संकलनमा रोक लगाउनु, बलजफ्ती निकालिनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै आपत्तिजनक काम हो । महासंघ प्रेसविरोधी यस्ता कार्यको कडा रूपमा भत्र्सना गर्दछ । र, पत्रकार संवैधानिक अधिकारको सम्मान गरी यस किसिमका कार्यक्रममा निर्वाध र सहज पहुँचको व्यवस्था गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।

रोसन पुरी

महासचिव