पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०७९।०६।०५

पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

जननिर्वाचित संविधान सभाबाट जारी भएको नेपालको संविधान सबैले अक्षरशः पालना गर्नुपर्छ भन्ने पक्षमा महासंघ सधैँ उभिदै आएको छ । संविधानको मर्म र भावनाको उच्च कदर गर्दै संवैधानिक सर्वोच्चता कायम गर्ने विषयमा महासंघ सधै क्रियाशील रहँदै आएको छ । संविधानले निर्दिष्ट गरेको सीमा र मर्यादाभित्र रही सबै पक्षले संवैधानिक व्यवस्थाहरूलाई पूर्णतः पालना गर्नपर्दछ भन्ने कुरालाई महासंघ विशेष जोड दिन चाहन्छ ।

पछिल्लो घटना क्रमलाई संवैैधानिक विधिबाट निकास दिइ कुनै प्रकारको द्वन्द्व उत्पन्न हुन नदिनतर्फ जिम्मेवार बन्न महासंघ सम्बन्धित पक्षहरूलाई आग्रह गर्दछ ।

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्