यो वर्षको कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार विजयकुमार पाण्डेलाई

मितिः२०७४/५/२

नेपाल पत्रकार महासंघले यो वर्षको कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार विजयकुमार पाण्डेलाई प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी यसै वर्षदेखि प्रदान गरिने गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गरिने भएको छ । 
यस्तै महासंघले यसै वर्षदेखि प्रदान गर्ने अर्को पुरस्कार कृष्ण सेन “इच्छुक” स्मृती पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार कोमल बराललाई प्रदान गरिने भएको छ भने गौरी कठायत स्मृती पत्रकारिता पुरस्कार पुष्कर थापालाई मरणोपरान्त र उमा सिंह पत्रकारिता पुरस्कार पत्रकार सिमा सिंह शर्मालाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारहरु महासंघको २५औं महाधिवेशन उद्घाटन समारोहमा आगामी भदौ ४ गते आइतबार हस्तान्तरण गरिने छ । 

उजिर मगर
महासचिव