निर्वाचनको समाचार संकलन र संप्रेषणमा उत्पन्न हुनसक्ने समस्या समाधान तथा न्यूनीकरणका लागि प्रदेश नम्बर २ का ८ जिल्लामा महासंघको विशेष संयन्त्र

२०७४।०५।३०
नेपाल पत्रकार महासंघले २०७४ असोज २ गते प्रदेश नम्बर २ का ८ जिल्लामा हुन गइरहेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनको क्रममा मतदान र मतगणनाका बेला समाचार संकलन र संप्रेषणमा उत्पन्न हुनसक्ने समस्या समाधान तथा न्यूनीकरणका लागि विशेष संयन्त्र निर्माण गरेको छ । महासंघका सचिव शीतल महतोको संयोजकत्वमा निर्माण भएको संयन्त्रमा महासंघका प्रदेश नम्बर २ अन्तर्गतका ८ जिल्लाका शाखा अध्यक्षहरू सदस्य रहेका छन् ।

संयन्त्रले निर्वाचन हुने ८ जिल्लामा प्रेस स्वतन्त्रता हनन्का साथै समाचार संकलन तथा संप्रेषणको क्रममा कुनै पनि समस्या उत्पन्न भए त्यसको न्यूनीकरण र समाधानको लागि विशेष भूमिका खेल्नेछ । अतः महासंघ प्रदेश नम्बर २ का सम्पूर्ण सञ्चारकर्मीहरूमा यसखाले कुनै समस्या उत्पन्न भए महासंघले निर्माण गरेको संयन्त्रका संयोजक, सदस्य वा महासंघ केन्द्रीय कार्यालय (०१–४११२७६३ र ०१–४११२७८५) मा जानकारी गराउनु हुन अनुरोध गर्दछ ।

संयन्त्र
शीतल महतो, केन्द्रीय सचिव, संयोजक ९८४५०२०४४४
सदस्यहरू
जितेन्द्र खड्गा, सप्तरी ९८५२८२०२२९
दिनेश्वर गुप्ता, सिरहा ९८५२८३०६४०
कमलेस मण्डल, महोत्तरी ९८५४०३१६४९
अनिल मिश्र, धनुषा ९८४४०२०६७९,९८०१६०१६५९
विश्वनाथ ठाकुर, सर्लाही ९८५४०३८०००
रविन्द्र साह ,रौतहट ९८५५०४०६२२
श्याम बन्जारा, पर्सा ९८४५०२५२७१
कमलकुमार उपाध्याय, बारा ९८५५०२१८८६

.......................
रमेश विष्ट
महासचिव

 डाउनलोड गर्नुहोस्