नागरिक दैनिकका पत्रकारलाई नेपाल आयल निगमका कार्यकारी निर्देशकले दिएको धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मितिः२०७४/४/२०

नागरिक दैनिकका पत्रकार दिलिप पौडेललाई नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले दिएको धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
शुक्रबार समाचार संकलनको क्रममा आपूर्ती मन्त्रालय पुगेका पौडेललाई निर्देशक खड्काले कार्यालय परिसरमै नागरिक दैनिकमा प्रकाशित समाचारको विषयलाई लिएर धम्की दिनुका साथै दुव्र्यवहार गरेको जानकारी रिपब्लिका शाखाबाट प्राप्त भएको छ । पौडेलले साउन २ गतेको नागरिक र रिपब्लिका दैनिकमा निगमको जग्गा खरिद सम्बन्धी विषयमा समाचार लेखेका थिए । राज्यको जिम्मेवार निकायमा बसेका व्यक्तिले यसखालको अमर्यादित शैलीमा पत्रकारमाथि धम्की दिनु खेदजनक छ ।
समाचारमा चित्त नबुझे कानूनी उपचारको मार्ग हुँदाहुँदै धम्कीमा ओर्लेर प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गर्न खोज्ने निर्देशक खड्काको उक्त व्यवहारको भत्र्सना गर्दै स्वतन्त्र पत्रकारिताको भावनाको सम्मान गर्न आग्रह गर्दछौं ।

 

प्रभात चलाउने

सचिव