महासंघका सचिव दाहाललाई मातृशोक

मिति ः २०७४।०८।१५
नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाललाई मातृशोक परेको छ । उहाँकी ममतामयी माता भगवती दाहालको ७० वर्षको उमेरमा आज काठमाडौंमा निधन भएको हो । स्वर्गीय दाहालका एक छोरा सचिव रामप्रसाद दाहाल र पाँच छोरी छन् ।

स्वर्गीय माताको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । दाहसंस्कारमा महासंघ केन्द्रीय समितिका पदाधिकारी, सदस्यलयागत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

नेपाल पत्रकार महासंघ स्वर्गीय दाहालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा सचिव रामप्रसाद दाहालसहित शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।