मिति : २०८२।१२।२५
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख/सहसचिव नारायणप्रसाद रेग्मीले सार्वजनिक कार्यक्रममा पत्रकारलाई भिडियो खिच्न रोक लगाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
यही चैत २४ गते तनहुँको व्यास नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा रेग्मीले बोलेको तस्वीर र भिडियो खिच्न रोकिएको महासंघ तनहुँ शाखाले जनाएको छ ।
सैवैधानिक निकायको जिम्मेवार अधिकारीबाट नागरिकलाई सुसूचित गराउने संवैधानिक धर्म निर्वाह गर्दा पत्रकारको स्वतन्त्रतामाथि यो किसिमको हस्तक्षेप हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरुद्ध रहेको छ ।
प्रेसको संवैधानिक स्वतन्त्रता र अधिकारको ख्याल गरी आगामी दिन यस्ता कार्य नदोहोर्याउन महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।
रामप्रसाद दाहाल
महासचिव