पत्रकार खेमराज गौतम ‘सुवास’ लाई बागलुङको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८३।०३।०२

पत्रकार खेमराज गौतम ‘सुवास’ लाई बागलुङको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

२०८३ जेठ २८ गते आदर्श समाचार डटकममा समाचार प्रकाशित भएकोे निहुँमा सम्पादकसमेत रहेका गौतमलाई थापाले फोन र म्यासेज गरी धम्क्याएको महासंघ बागलुङ शाखाले जनाएको छ ।

समाचारप्रति गुनासो भए प्रचलित विधिअनुसार समाधान नखोजेर जिम्मेवार जनप्रतिनिधिबाट भएको यो हर्कतलाई महासंघले प्रेसविरोधी र गैरजिम्मेवार कदमका रुपमा लिएको छ ।

महासंघ यो कार्यको निन्दा गर्दछ । र, आगामी दिनमा प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र यस्ता हर्कत नदोहोर्‍याउन सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

 

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्