मिति : २०८३।०३।०८
पत्रकार देवराम यादवलाई सप्तरीस्थित महादेवा गाउँपालिकाका सुरेन्द्र यादवसहित व्यक्तिले कुटपिट गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
समाचारको निहुँमा यही असार ६ गते एक्कासि हेलमेटले हान्दा गोरखापत्र दैनिकमा कार्यरत पत्रकार यादव घाइते भएको सप्तरी शाखाले जनाएको छ ।
समाचारको विषय भए प्रचलित विधिअनुसार समाधान नखोजेर पत्रकारमाथि आक्रमणमा उत्रिएको यो घटना अत्यन्तै निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी हो ।
महासंघ यो घटनाको छानबिन गर्न र दोषीमाथि कानुनी कारबाही गरी प्रेसलाई सुरक्षित रुपमा पेशागत अभ्यासमा जुट्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछ ।
………………
रामप्रसाद दाहाल
महासचिव