मिति : २०८३।०३।१८
नेपाल पत्रकार महासंघ उदयपुर शाखाका उपाध्यक्ष विश्वराज तामाङसहित राष्ट्रिय परिषद् सदस्य जयन्तीकला तामाङ र सदस्य सन्तोषीकला तामाङलाई मातृशोक परेको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ ।
उहाँहरूकी ममतामयी आमा चिनिमाया तामाङको ६८ वर्षको उमेरमा यही असार १६ गते मंगलबार निधन भएको शाखाले जनाएको छ ।
महासंघ स्वर्गीय आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा विश्वराज, जयन्तीकला र सन्तोषीकलासहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।
………………
रामप्रसाद दाहाल
महासचिव